नुवाकोटमा कार्तिक २५ बाट निषेधाज्ञा सुरु


२५ कार्तिक २०७७ काठमाडौं ।वाग्मती प्रदेशको नुवाकोट जिल्लामा स्थानीय प्रशासनले कार्तिक २५ गते मंगलबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । काठमाडौंका अस्पताल संक्रमितले भरिएको, आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संक्रमणले जटिल परिस्थिति सिर्जना गरेकाले निषेधाज्ञा जारी गरेका हुन्।
जिल्लामा खेलकुद, नाच, मेला, देउसीभैलो तथा भीडभाड आदिमा रोक लगाइएको छ ।त्यसैगरी जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको हो ।
मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको प्र जि अ ढकालले बताए ।

newskiran.com

newskiran.com

You May Also Like