अब भूकम्प आउनु अघि नै मेसिनले पत्ता लगाउने

अब भूकम्प पत्ता लगाउन पहिलेभन्दा सहज हुने सम्भावना देखिएको छ। आइस्ल्यान्डका अनुसन्धानकर्ताहरूले फाइबर-अप्टिक सञ्जालको प्रयोग गरी भूकम्पीय तरङ्गहरूको सफलतापूर्वक आकलन गरेका छन्। इन्टर्नेट र टेलिभिजन सेवा प्रवाह गर्न संसारभरि भूमिमुनि फाइबर-अप्टिकको तार बिछ्याएर भूकम्प मापन परीक्षण गरिन्छ । जसमा तारको सञ्जालमार्फत भूमिमा कम्पन गराइएपछि संवेदनशील हुँदै त्यसले गरेको पाइएको छ। तर अहिले नै यो प्रविधि व्यापक रूपमा प्रयोगमा ल्याउनका लागि तयार भइसकेको छैन। भूकम्प पत्ता लगाउन स्मार्टफोन एपहरू र अन्य सस्ता हार्डवेयरहरू प्रयोगमा आइरहेको बेला अब त्यस प्रयोजनका लागि फाइबर-अप्टिक तारको प्रयोग थपिएको हो। अहिलेसम्म होसियारीपूर्वक मिलाएर संवेदनशील स्थानहरूमा जडान गरिने सिस्मोमिटर भनिने मूल्यवान् यन्त्रको सहायताले भूकम्पको मापन गर्ने गरिएको छ। फाइबर-अप्टिक तारको मद्दतले पनि भूकम्पको प्रभावकारी मापन सम्भव भएको वैज्ञानिकहरूले बताएका छन्। डा. फिलिप जोसेट नेतृत्वको जीएफजेड् जर्मन रिसर्च सेन्टर अफ जिओसाइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले दुई वटा जिओथर्मल प्लान्टहरूबीच सन् १९९४ मा बिछ्याइएको १५ किलोमिटर लामो फाइबर-अप्टिक तारमा अध्ययन गरिएको थियो। सो तार बिछ्याइएको दूरीमा कुनै बाधा भयो कि भएन भनेर थाहा पाउन एक फाइबरमार्फत् पठाइएको लेजरको एउटा कम्पन नै पर्याप्त भयो। “त्यसबाट के थाहा पाइएला भन्नेबारे हामीलाई सुरुमा केही थाहा थिएन,” डा. जोसेटले बीबीसी न्यूजसँग भने, “तर हामीले टाढैबाट भूकम्प गएको थाहा पाउन सक्यौँ।” जमिन वा तार तन्किएको वा खुम्चिएको जानकारी अनुसन्धान टोलीले सजिलै पायो। त्यो टोलीले त्यसको अभिलेख राख्न सक्यो। अनुसन्धानकर्ताहरूले स्थानीय ट्राफिक आवतजावत, भूकम्प र पदयात्रीको हलचल बारे जानकारी पाउन सके। उनीहरूले इन्डोनेशियामा गएको ठूलो भूकम्पको तरङ्ग समेत थाहा पाए। “यो त सिस्मोमिटर जत्तिकै प्रभावकारी भयो,” डा. जोसेटले भने। फाइबर-अप्टिकमार्फत् भूकम्प अनुगमन गर्नका लागि हरेक केबलसँगै एक उपकरण जडान गर्नु पर्दछ। अहिले त्यो महँगो पर्ने भएकोले अनुसन्धानकर्ताहरूले त्यसको सस्तो विकल्पबारे शोध गरिरहेका छन्। यदि नयाँ प्रविधि सर्वसुलभ हुन सकेमा यो निकै महँगो सिस्मोमिटरको सस्तो विकल्प हुन सक्छ। अमेरिकी भौगर्भिक अध्ययन संस्था यूएसजीएसकी एक जिओफिजिसिस्ट एलिजाबेथ कोक्रनका अनुसार नयाँ प्रविधिलाई अझै परिष्कृत गरेर भूकम्पबारे पूर्व सूचना दिन सम्भव हुन सक्छ। भूकम्प सुरु हुने बित्तिकै पूर्व सूचना दिने यस्ता सञ्जालहरू जापान र मेक्सिको जस्ता देशमा अहिले नै प्रयोगमा आइरहेको बताइन्छ। कोक्रनले भनिन्, “पूर्व सूचना दिन हामीलाई एकदमै सही जानकारी आवश्यक छैन। हामीलाई कुनै स्थानमा ठूलो कम्पन भइरहेकोबारे थाहा पाउन आवश्यक हुन्छ।” विश्वभर व्यापक रूपमा विस्तार भइरहेको फाइबर-अप्टिक तारको सञ्जाल भूकम्पबारे जानकारी पाउन र पूर्व सूचना प्रणाली विकास गर्न सहयोगी हुनसक्ने उनको धारणा छ।बीबीसीबाट प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५

newskiran.com

newskiran.com

You May Also Like