मठमन्दिरमा पर्यटकहरु बढ्न थाले


२४ कार्तिक २०७७ काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत भएको पाटनको कृष्ण मन्दिरमा जाडो बढेसँगै घाम ताप्ने र हिंडडुल गर्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ ।कोरोना भाइरसको महामारीले गरिएको बन्दाबन्दीका अवधिमा केही समय घुमफिर र भीडभाड हुन दिइएको थिइएन् । दशैँ अघि बाट लकडाउन(बन्दा बन्दी) र निषेधाज्ञा हटेपछि मानिसहरू निर्धक्क हिँडडुल गर्न पाएसँगै आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो । गत चैत ११ बाट सुरु भएको बन्दाबन्दीको मारमा मजदुरहरु परे भने केही व्यवसाय पनि डामाडोल भएको थियो । बन्दाबन्दी हटेसँगै व्यापार, व्यवसाय,उद्योग, कलकारखानाहरु खुल्न थालेका छन्। विशेषत: पर्यटन व्यवसाय भने अझै चौपट्ट रहेका छन्। ०७२ सालको भूकम्पमा झन्डै ५० को संख्यामा मन्दिरले पुरिएर मानिसहरु मरेका थिए ।हाल ती मन्दिरहरु पुन:निर्माण भएका भइसकेका छन् । केही मन्दिरहरु चाहिँ हाल पुन: निर्माणको अवस्थामा छन्।

कृष्ण मन्दिरका आकर्षक दृश्यहरु २१ गजुर भएको कृष्ण मन्दिर, त्यसैगरी रानी भानुमतीको गहना पेलेर बनाइएको पाटन दरबारको सुनको ढोका,देशमा ठुलो दुर्घटना वा संकट आउँदा बजाइने घन्टा, ढुंगे धारा विभिन्न मठमन्दिरहरु हुन् । नेपालीहरुलाई घुम्नका लागि पैसा नलाग्ने र विदेशबाट आउने पर्यटकहरुलाई सामान्य रकम लिइन्छ ।पाटन दरबार क्षेत्र जाडो महिनामा दिनभर घाम ताप्ने र बिहान बेलुका स्थानीय समुदायको विचरण स्थल बनेको छ । बंगलामुखी मन्दिर देखि लगनखेल बजार सम्मको बिहान बेलुकीको यात्रा भने भीडभाड मय बन्दै गएको एक स्थानीय महिला सबिना प्रधानले न्युजकिरण डटकम अनलाइनलाई बताइन्।

newskiran.com

newskiran.com

You May Also Like