नख्खु जेलबाट सुरुङ खन्दै भाग्ने राजबन्दी वीर बहादुरको अवसान


२३ कार्तिक २०७७ काठमाडौं ।दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको उपचारको क्रममा मृत्यु भएको छ ।
चार दिनदेखि बेहोस रहेका लामाको पाटन अस्पतालको आईसीयूमा उपचार भैरहेका लामाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लामालाई बिहीबारबाट भ्यान्टिलेटरमा राखिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको देहावसान भएको जनाइएको छ । उनकी छोरी श्रमिक लामाले बताइन्। कोरोनाको कारणमा समयमा डायलाइसिस हुन पाएन। त्यसले उहाँको स्वास्थ्य अवस्था बिग्रियो’ श्रमिकले भनिन्, ‘उहाँलाई निमोनिया पनि भएको रहेछ। उनलाई ज्वरो आएको थियो तर कोरोनाको (चौँथो पटक) परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
दुई वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेदेखि नै लामाको पाटन अस्पतालमा नियमित रुपमा डायलाइसिस हुँदै आएको थियो।लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका थिए । २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए।

२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित बने ।एक समय उनी जिबिसका सभापति भए ।उनकै पालामा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको थियो । वि स २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्ये लामा एक वीर थिए। गत माघमा न्युजकिरण डटकम अनलाइनसँगको कुराकानीमा उनले भनेका थिए ‘रोगी शरीर खै कतिखेर फ्याट्ट जान्छ? तर जीउँदो छँदै मान्छेले हरेक काम गरि हाल्नु पर्छ ।’पहिचानका विषयमा जनजाति नेताहरुले नै आफ्ना मुद्दा छोड्दै गएका छन् ।

मकवानपुर फाखेलका स्थानीय बासिन्दाको रुपमा समेत चिनिने लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए भने हाल उनी जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा आवद्ध थिए । विशेष कृषि अभियन्ता बन्ने योजनामा उनी रातदिन खट्दा स्वास्थ्यको हेलचेक्राइ भएको थियो भने विगतका जेलजीवनबाट नै उनको स्वास्थ्यमा समस्या आएको बुझिन्छ । स्मरण रहोस् यदि सरकारी उच्च ओहोदामा वा मन्त्री बनेका भए उनको उपचारको सम्भावना रहन्थ्यो कि ?मृगौला फेर्न सकेको भए उनी बाँच्थे कि ।

newskiran.com

newskiran.com

You May Also Like