उपत्यकाका किसानहरु कोदो भित्र्याउने तर्खरमा


२३ कार्तिक २०७७ काठमाडौं । नेपालीहरुको मुख्य धानबाली भित्र्याउँदै गरेका उपत्यकाका किसानहरुले कोदोबाली भित्र्याउने तर्खरमा लागेका छन् । दशैंछेक धानबाली भित्र्याएका उनीहरुले आउँदै गरेको तिहारसम्ममा कोदोबाली पनि भित्र्याउने तर्खरमा लागेका हुन् । बाँडेगाउँका एक किसानका अनुसार यसपालि धान र कोदो राम्रो फलेको बताउँछन् । उनका अनुसार प्रायः बाली भित्र्याउने बेलामा पानी पर्ने गर्थ्यो तर यसपालि किसानहरुलाई मौसमले राम्रो साथ दिएको छ । आफ्नो बारीमा खेताला लगाएर कोदो टिपी रहेका राम साहु भन्छन्- यसपालि कोदोबाली राम्रो भएको छ । बाँडेगाउँ तोरीबालीको लागि उपयुक्त जग्गा भएको ठाउँ कहलिएको भएता पनि बढ्दो सहरीकरणसँगै खेतीयोग्य जग्गा जमिन घर र प्लटिङ निर्माणले सकिंदै गइरहेको राम साहुले बताए । कोदोको खानामा आइरन बढी पाइने हुनाले गाउँघरति खेतालाहरुको खानाको रुपमा यस अन्नलाई बढी प्रयोग गरिन्छ । हिमाली भेगमा पाइने मुख्य बाली कोदो हो भने पहाडी भेगमा कोदो र मकैबाली पाइन्छ । तराई मधेशमा धानबालीको बाहुल्यता छ भने मौसमी दृष्टिले हेर्दा धान मकै उब्जाउ हुने क्षेत्र उपत्यका हो ।

यो पनि पढ्नुहोस्

यसपालि तिहारमा फुलका मालाहरु सस्ता हुने भएका छन् ।विगतमा असोजमै दशैं र तिहार पर्व पर्थ्यो भने यसपालि दशैं र तिहार कार्तिक महिनामा परेको छ । सयपत्री, मखमली लगायतका सबै फूलहरू बारीभर फुलिसकेको छन्।बरु तिहारसम्म फूल रहला वा नरहला फुल किसानहरु चिन्तित छन्। सधैंबाली नभित्री तिहार पर्ने गरेपनि यो वर्ष सबैबाली तिहार अघि नै भित्री सक्ने उपत्यकाका किसानहरुको अनुमान छ । गतवर्ष फूल फुल्ने समय नै नपुगी गयो भने यो वर्ष खेतीबाली भित्र नै लगाइने फूलहरु फुलेर ढकमक्क बनिसके तिहारसम्म रहन्छ रहँदैनन् किसानहरु चिन्तित बनेका छन्।

newskiran.com

newskiran.com

You May Also Like