छाडा पशुहरु नै हुन कि समृद्ध सडकका परिचायक

छाडा पशुहरु नै हुन् कि ‘समृद्ध सडकका परिचायक?
विष्णु ‘विकिरण’
२१ असार २०७५ ।
बढ्दो सहरीकरण, जताततै विकास–निर्माणमा तीब्रता । अनि थोरै विकृति पनि । राजधानीका सडकमा जथाभावी पशुहरु छाड्नाले बस दुर्घटनालगायत अन्य असर त पर्ने नै भयो । ललितपुर जिल्लाअन्तर्गत महानगरका अलावा गोदावरी र महालक्ष्मी नगर छन् । गोदावरी पर्यटकीय क्षेत्र, महालक्ष्मी स्­थान नगरपालिकाअन्तर्गत कृष्ण मन्दिर आसपास साँढे तथा गाईहरु छाडा छोडिन्छन् । सडकमा जेब्राक्रस छ । युवाहरु बिहान–बिहान भोलेन्टियर बनेर बाटो काट्नेहरुलाई सहजता पुर्याइरहेका हुन्छन् । उनीहरु भ्याइ–नभ्याई यात्रुहरुलाई सहयोग गरिरहेका हुन्छन् । तर, एकाछेउ उनीहरु हुन्छन्, अलि पर सडकमा पशुहरु बीच बाटोमै मस्तसँग बसिरहेका या डुलिरहेका हुन्छन् । बिडम्बना ! कसैले छाडा पशुहरु सडकमा छोड्नुहुन्न वा बाटो कटाएर गोठतिर लैजानुपर्छ भन्दैनन् । विकासले जतिसुकै गति लिए पनि यस्ता छाडा पशुहरुलाई शीघ्र व्यवस्थापन नगराइए समृद्ध सम्भव देखिँदैन ।

newskiran.com

newskiran.com

You May Also Like