क्रान्तिकारी शक्तिहरुको एकताबाट जनविद्रोह: वैद्य


२३ कार्तिक २०७७ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले क्रान्तिकारी शक्तिहरुको एकताबाट जनविद्रोह हुने बताएका छन्। शनिबार पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा महान अक्टोबर समाजवादी क्रान्तिको आयाम र महत्वबारे चर्चा र महासंघले प्रकाशन गरेको “मजदुर विद्रोह“ पत्रिका विमोचन कार्यक्रममा बोल्दै महासचिव वैद्यले क्रान्तिकारी फुटेर होइन जुटेर मात्र जनविद्रोह हुने बताएका हुन् ।उनले थपे-यो सरकारले जनता र जनजीविका माथि ज्यादती गरेको छ । जनताको मौलिक अधिकार पनि हनन गरेको छ । संविधानमा जनताले खान पाउने अधिकार छ तर सरकार खुला मञ्चका जनतालाई खान नदे भन्छ । कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष डा. ओम गुरुङ्ले आदिवासी जनजातिको पहिचान र पार्टीले लिएको वर्ग संघर्ष सिद्धान्तबारे चर्चा गरेका थिए । त्यसैगरी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ले जुझारु युवा नेताहरुको भाषण होइन् सांगठनिक र मोर्चागत गतिविधि हुनुपर्ने बताए ।

शनिबार ललितपुरको कुपन्डोल कार्यालय हलमा भएको सो कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव शारदा महत, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सना, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका इन्चार्ज कृष्णहरि भट्ट र महासंघका प्रतिनिधि शिशिर भट्टराईले सम्बोधन गरेका थिए ।

कार्यक्रम अक्टोबर समाजवादी क्रान्तिको १०३ बर्ष पुगेको अवसर पारेर आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, पार्टी पीवीएम तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, पार्टी केस क्षितिज लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य बद्री चापागाईंले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन बसन्त बोगटीले गरेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like