फुर्सदिला युवतीहरु जंगलतिर,कोही जागिरमा व्यस्त


२१ कार्तिक २०७७ काठमाडौं । झण्डै सात महिना कोरोना भाइरसको महामारीले उपत्यकामा दैनिक तथा महिनवारी काम गरेर खाइ बसोबास गर्ने श्रमिक वर्गमा असर गरेपछि अधिकांश बेरोजगारी युवायुवतीले आफ्नो पेशा तथा रोजगार नै परिवर्तन गर्न थालेका छन् ।खान र कोठाभाडा तिर्न दैनिक आम्दानी चाहिने हुनाले पेशा तथा रोजगार व्यवसाय नै परिवर्तन गरेर उनीहरुले कन्ट्याक्ट जागिर गर्न थालेका हुन् । अवस्था हेरेर युवायुवतीले कन्ट्याक रोजगारीबाट दिनमा ६ हजार देखि १५ हजार सम्म कमाउने गरेका छन्। प्रशस्त आम्दानी गर्न सकिने हुनाले उनीहरु जागिर नहुँदा आफ्ना जोडीसँग पार्कमा गएर मोबाइल चलाउँदै वा मनोरञ्जन गर्दै दिन कटाउने गरेका छन्। त्यसो त कतिपय युवा पुस्ता अहिले बाइक र स्कुटरबाट यस्ता कन्ट्याक्ट जागिर गरेरै गुजारा चलाइरहेका छन्।चाहे घरभित्रको काम होस् वा बाहिर फेर कन्ट्याक्टमा काम गर्नेहरुको संख्या बढदो छ । विभिन्न पार्क र सडक किनाराबाट भरियाहरु समेत कन्ट्याकमा लिन सकिन्छ ।

आजभोलि कन्ट्याक्टमा खानेकुरा, औषधि, सवारी यात्रा तथा अन्य सेवा सम्बन्धी कामहरु गरेर युवायुवतीहरुले गुजारा गर्ने गरेको पाइएको छ । एक घन्टा, दुई घन्टा हप्तामा एकदिन महिनावारी आदि कन्टयाक्ट काम गरेर त्यसबाट प्रशस्त रकम कमाउने र हप्तामा कम्तीमा एकदिन मन्दिर पार्क तथा घरमै बसेर उनीहरु रमाइलो गर्छन्।केहीले भने बिदाको दिन समेत कन्ट्याक्टमा आफ्नो साइटमा गएर कामगरी मस्त कमाउने गरेका छन् ।घर सफा गर्ने,लुगा धुने,आइरन गर्ने जस्ता कन्टयाक्ट कामहरुका लागि लिङ्क बनाउन भने अलि गाह्रो हुन्छ । दैनिक ज्यालादारीमा काम गर्नेहरुले दैनिक बिहान काम गरेर बेलुका पैसा ज्याला लिइ घर फर्कने गरेका हुन् ।

महिनाभर काम गरेर ५,६ हजार कमाउने श्रमिक/कामदारलाई बन्दाबन्दीले झनै टिक्न नसक्ने बनाएको छ ।बरु कन्ट्याक्ट काममा दैनिक १ हजार देखि ६ हजार सम्म कमाउने सकिने उनीहरुको तर्क छ । न्युजकिरण अनलाइनलाई प्राप्त जानकारी अनुसार कतिपय युवायुवतीहरु बेरोजगार भइ जागिर पेशा त्यागेर आफ्नो गाउँ घर समेत फर्कन थालेका छन् । केही प्रतिशतले भने कन्टयाक्ट जागिरमा व्यस्त बनेर मस्त रकम कमाउने गरेका छन्।

newskiran.com

newskiran.com

You May Also Like