जीन्दगी खोलामा काँठे लोकगीत युट्युबमा भइरल


२० कार्तिक २०७७ काठमाडौं । जयानन्द लामाको संगीत रहेको जीन्दगी खोलामा काँठे लोकदोहोरी यतिखेर चर्चाको शिखरमा छ ।लोक गायक जनक लामा र ललिता खडकाको सुमधुर स्वरमा गाइएको ‘जिन्दगी खोलामा’ बोलको गीत मोहन खडकाले हालै बजारमा ल्याएका हुन् । काठमाडौं आसपासका जिल्लाहरुमा गाइने काँठे भाकाहरु विशेषत: पुजापाठ, विवाह,मेलापात, वनजंगल, रत्यौली र विभिन्न चाडपर्वमा गाइने गर्दछन्।यस क्षेत्रका चलेका लोकगीतहरु प्रायः नाँच्न मिल्ने झ्याउरे र चुट्के लयका हुन्छन्। थेगोको रुपमा कान्छा/कान्छी,साइला/साइली र आजभोलि जोडा,माया,आदिलाई प्रति गरिन्छ । साँच्चै नै जीन्दगी खोलाझैं सदा पवित्र रुपमा बगेको हुन्छ ।खोलामै जीन्दगीको अन्त्य हुने र खोलाझैं जीन्दगीले यात्रा बहन गर्नुपर्ने श्रृङ्गारिक भाव रहेको जीन्दगी खोलामा गीत भाइरल हुनुमा यसको युट्युब भीडियो दृश्य सुन्दर र रम्य रहेकाले हो ।
देवेंद्र लामिछानेको शब्द,राकेश सोनीको संगीत संयोजन र रामचन्द्र घतानी थेगो यस गीतलाई संजीब ठाकुरीले निर्देशन गरेका हुन्। भिडियोमा क्यामेरा र ड्रोनमा प्रकाश खड्का रहेका छन् भने राजकुमार मगरको सम्पादन रहेकाले यो लोकगीत उत्कृष्ट बनेको मान्न सकिन्छ ।
नागबेली मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको र बजारमा आएको जीन्दगी खोलामा लोकगीत संजीब ठकुरी र अर्चना कौचा मगरले अभिनय गरेका छन्। यस भिडियोका नृत्य निर्देशन संजीब ठकुरी नै हुन् ।


newskiran.com

newskiran.com

You May Also Like