इष्टुका अध्यक्ष होमकुमार थापाको स्वास्थ्य अवस्था गम्भीर


२० कार्तिक २०७७ काठमाडौं ।इष्टुका केन्द्रीय समितिका अध्यक्ष होमकुमार थापा शारीरिक अस्वस्थताका कारण अस्पताल भर्ना भएका छन्।एक वर्ष अघि पेटमा समस्या आएर केही दिन अस्पतालको उपचारपछि ठिक बनेका उनलाई सोही रोग बल्झिएर सुमेरु सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।निजी तथा संस्थागत विद्यालय शिक्षक युनियन(इष्टुका)ले दशैँ अघि विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो भने दशैँ पछि आन्दोलनको घोषणा समेत गरेको थियो ।यस्तै संघर्षका धपेडी र तनावले उनको स्वास्थ्यमा असर भई बिरामी परेको इष्टु स्रोतले बताएको छ । ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष सुरेन्द्र मिश्रका अनुसार उनलाई ललितपुर पुल्चोकको सुमेरु सिटी अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको बताए ।उनको स्वास्थ्य अवस्था गम्भीर रहेको ललितपुर इष्टुका सचिव केशव श्रेष्ठले बताए । थापा बिरामी भएपछि शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

newskiran.com

newskiran.com

You May Also Like