कोरोना संक्रमणबाट महरा पत्नी सिताको निधन


१९ कार्तिक २०७७ काठमाडौं ।पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा नर्भिक अस्पतालमा बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको हो ।

निमोनिया रोगका कारण उपचारका गर्ने क्रममा उनीमा कोरोना संक्रमण देखिएको थियो ।पछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार हेलिकप्टरबाट काठमाडौं नर्भिक हस्पिटल भर्ना गरिएको थियो।

यो पनि पढ्नुहोस्

सीता महराबारे संक्षिप्त चिनारी

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् ।
कृष्णबहादुर महरासँगै २०३५ सालमा उनको विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले उनलाई धेरैपटक शारीरिक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राति रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घर पछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएको थियो ।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा सहयोग गर्दै आएकी थिइन् ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै (२०७७/०७/१९ गते बुधबार) बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित रहेकी थिइन् ।

newskiran.com

newskiran.com

You May Also Like