कोरोना भाइरस संक्रमण कता ? वागमती सफा गरौँ


१७ कार्तिक २०७७ काठमाडौं ।कोरोना भाइरस संक्रमणको गति समुदायमा तीब्र भइरहेको अवस्थामा पनि लकडाउन गर्न सरकार अन्योलमा परेको छ । दशैँ अघि लकडाउन गर्ने हल्ला चलाएर जनत्रास फैलाएका स्थानीय नेताहरुले नै समुदायलाई यतिखेर कोरोना भाइरस संक्रमणबारे काउन्सेलिङ गरिरहेका छन्। रुघाखोकी,ज्वरो, निमोनिया आदिको भाइरल रुप नै कोरोना भाइरस हो ।यसको प्रकृति फरक-फरक देखिएको छ । यसको संक्रमण विशेषत: ४ ठाउँमा हुने गर्दछ ।एक हस्पिटलका डाक्टर भन्छन्- कोरोना संक्रमणको फोक्सो,मुटु,कलेजो र आमासय(पेट)मा हुने गर्दछ । भाइरस संक्रमणबारे उनी थप्छन् नलाग्दा केहि होइन लागेपछि मरियो भन्ने नै हुन्छ ।खानाको स्वाद थाहा नपाउनु,बास्ना(गन्ध)नआउनु, शरीरका विभिन्न भागमा पोल्नु अनि सास फेर्न गाह्रो हुनु यसका प्रमुख लक्षणहरु हुन्।प्राय:लाई खाना खान मन नलाग्ने र ज्वरो बेला बेला आइरहने भएतापनि केही रोगीहरुले आफूलाई खाना रुचेको बताएका छन्।हालै न्युजकिरण डटकम सँग ४ जना कोरोना भाइरस संक्रमितले आफ्नो अनुभव अन्तरङ्ग कुराकानीमा बताएका थिए ।ललितपुरको लुभुकी सानी गुरुङले भनिन्-सास फेर्न गाह्रो हुन्छ, बाँच्न मुस्किल छ यो रोग लागेपछि।

अनि, नलागेसम्म केहि होइन लागेपछि रोग ज्यानमारा रहेको उनले बताइन् ।त्यसो त तरकारी किन्न गएका काठमाडौंका एक शिक्षकका अनुसार नाक,मुख र आँखाबाट यो रोग सर्ने हुन्छ ।उनी तरकारी किन्न जाँदा एक्कासी रुघाखोकीले छोपेर हाल २० दिनदेखि घरमै उपचार गरिरहेका छन्।उनी भन्छन् छोरी डाक्टर छिन् उनकै रेखदेखमा बल्ल १५ दिनपछि बाँचेको अनुभूति भएको बताउँछन् ।खाना नरुच्ने, स्वाद थाहा नहुने र उनलाई निमोनिया पनि भएकाले स्वर समेत बदलिएको महसुस भएको बताए । वाग्मती नदी किनारमा नजिकै डेरा गरी बस्ने अनुसुइयाका अनुसार घाँटीमा दुखिरहने अनि शरीरका विभिन्न अंगमा बेलाबेला पीडा भएको बताउँछिन् ।उनी पनि १४ दिन हस्पिटल बसेर रिपोर्ट पोजेटिभ आएर घर फर्केकी छिन्।जाडो महिनामा रुघाखोकी सबैलाई लाग्ने र रुघाखोकी बाट बच्न उपत्यकाका विभिन्न भागमा अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने एक आयुर्वेदका डाक्टर बताउँछन् ।उनका अनुसार नेपालका जडीबुटी तथा खानपिन र अनुकुल वातावरण को उपयोग नै कोरोना भाइरस नियन्त्रणको अचुक औषधि बनेको छ ।गुर्जो,हर्रो,बर्रो,जाइफल,त्रिफला,सन्चो भिक्स,बेसार,आदिबाटै साधारण उपचार भइरहेको उनले बताए ।वाफ लिनु र चिसो नखानु कफ जम्मा हुन नदिनाले पनि केही हद भाइरस संक्रमण हुन दिदैन् ।मनोबल उच्च राखेर ताजाखान गर्नुपर्ने उनको तर्क छ ।सरकारी ओहोदामा बसेर हुनेखाने हप्तैपिच्छे पिसिआर टेष्ट गर्नेहरुको हैसियत र हुँदा खाने सुकुम्बासी बस्तीमा रहेका जनसमुदायबीचको उच्च अन्तरले अझै कोरोनस भाइस संक्रमण बढ्ने या घटने वातावरण के बन्छ भन्ने जनगुनासो मध्यम वर्गीय समुदायको रहेको न्युजकिरण संवाददाताले समाचार संकलन गरेका छन्।आशा छ उपत्यकामा देखिने खचाखच घरहरु भित्र यदि कोरोना भाइरस छिर्यो भने भाइरस निकाल्न गाह्रो पर्ला समयमै सरोकारवालाहरुले विचार पुर्याउनु राम्रो …..।

newskiran.com

newskiran.com

You May Also Like