प्रधानमन्त्रीद्वारा ३ हजार सिट क्षमताको सभाहल निरीक्षण


१६ कार्तिक २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माणाधीन ३ हजार सिट क्षमताको सभाहल निरीक्षण गरेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री ओलीले कडा सुरक्षाका साथ गोदावरी बसपार्क नजिकै निर्माणाधीन सभाहलको निरीक्षण गरेका हुन । उनका साथमा शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य नवराज सिलवाल,प्रदेश सांसद ज्ञानेन्द्र शाक्य, चेतनाथ सञ्जेल लगायत उपस्थिति रहेका थिए । दशैँअघि हात्तीवन गोदावरी सडक ढल निर्माण सँगै कालोपत्रे बनाउने भनेर वडा अध्यक्षहरुद्वारा हस्ताक्षरित विज्ञप्ति दिइएको र समयमा काम पूरा नभएर अझैबाटो बन्न सकेको छैन् ।यस अघि सडक कालोपत्रे हुनुपर्ने माग राखी स्थानीय द्वारा सडकमै धान रोपिएको थियो । आगामी चैत मसान्तसम्म हात्तीवन गोदावरी सडक खण्ड कालोपत्रे गरिसक्ने अनुमान बुझिन्छ ।

प्रधानमन्त्रीद्वारा निरीक्षण गरिएको निर्माणाधीन सभाहल केही प्रतिशत निर्माण कार्य सकिएको भवनको पोखरीको सहरीविकास तथा भवन निर्माण विभागले गरेको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनिएको नयाँ बानेश्वरको संसद भवनको सिट क्षमता ८ सय छ भने राष्ट्रिय सभाहलको सिट क्षमता जम्मा ५ सयको मात्र छ ।

१ सय १२ रोपनीमा बन्दै गरेको उक्त सभाहल निर्माण भइरहेको छ भने सातदोबाटो सडकदेखि ७ किलोमिटर टाढा दुरीमा गोदावरी बसपार्क पर्दछ । गोदावरी पर्यटकीय क्षेत्र पनि हो । निर्माण भइरहेको सभाहल एक तल्लाको मात्रहुने र मूल भवनको दुवैतिर साना साना दुई कोठा पनि रहने बताइएको छ । सभाहलको दुई भागका साना कोठाहरु मल्टिपर्पोज हल हुन् । हलको अघि रहेको मञ्चको दुवैतर्फ एलइडी स्क्रिनका साथै मुख्य हलको पछाडि केही कोठाहरू रहने छ ।

newskiran.com

newskiran.com

You May Also Like