नेपाली बजारमा कोरोना औषधि गुर्जो


१५ कार्तिक २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरको तिनकुनेमा रहेको खाली जग्गामा गुर्जोको बिरूवा रोपेको छ । शनिबार तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँचपाँचवटा गुर्जोको बिरूवा रोपेको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी छ भन्ने हल्ला बजारमा बढेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको थियो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिएको बताए ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिएको राससले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like