टेकनाम राख्दै वैद्य माओवादी भूमिगत हुने तयारी त

नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरुले अब नयाँ जनवादी क्रान्तिको विकल्प नरहेको बताएका छन् । उनीहरुबीच अब ‘टेकनाम’ राखेर भूमिगत हुने चयारी चलिरहेको चर्चा हुन थालेको छ । सो पार्टीका ललितपुर जिल्ला इन्चार्ज भरत बुर्जा मगर भन्छन्– ‘त्यही भएर पार्टीले टेकनाम राख्दै भूमिगत हुने तयारी गर्दैछ ।’ पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा ललितपुरको प्रथम जिल्ला बैठकमा बोल्दै शनिबार उनले भने– ‘अहिलेको सरकार भ्रष्टाचारी, दलाल र महँगीको पक्षपोषण गर्दै अघि बढिरहेको छ त्यसैले हामी यस्ता गतिविधिको भण्डाफोर गर्दै अघि बढ्दैछौं ।’ देजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दिरा अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सेक्रेटरी श्याम केसी,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहित, विद्यार्थी तथा बुद्धिजीवीका अध्यक्षद्वय इश्वरी गुरागाईं र कुमार भट्टराईले जिल्लाको समसामयिक विषयमा रिपोर्टिङ गरे । तामाङ राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मैते तामाङले ललितपुर भौगोलिक रुपले जसरी विकट छ, त्यसैगरी जनजीविकाका समस्याहरु विकराल रहेको बताए । एम्स कलेजमा करिव ३ घन्टा चलेको कार्यक्रम जलपानसहित सकियो ।

newskiran.com

newskiran.com

You May Also Like