१५ कार्तिक २०७७ काठमाडौं ।लकडाउनमा अधिकांश धार्मिक स्थल तथा मठमन्दिरहरु बन्द रहेपनि काठमाडौंको स्वयम्भुमा अवस्थित स्वयम्भु खुला रहेसँगै धार्मिक दर्शन तथा छर्लङ्ग काठमाडौंको दृश्य हेर्नेहरुको भीड दिनानुदिन बढ्दै गएको छ । नेपालीहरुको महान चाड बडादशैं पनि सकिएको र तिहार आउन अझै समय लाग्ने हुनाले धार्मिक आस्था तथा बिदाको सदुपयोग गर्न स्वयम्भुमा घुम्न जानेआउनेको भीड बढेको हो । काठमाडौंको दृश्य हेर्न स्वयम्भुमा जाने गरिन्छ। स्वयम्भु बाहेक चन्द्रागिरी,ओसोतपो, नगरकोट, फुलचोकीआदि ठाउँमा गएर मात्र राजधानी काठमाडौंको पूरा दृश्य देखिने हुनाले धेरै जसो मानिसहरू बिदाको दिन समयको सदुपयोग गर्न र मनोरम दृश्य हेर्न रिङ्रोडसँगै जोडिएको स्वयम्भुमा जाने गर्दछन् । भगवान बुद्धको सुतेको फोटो राखिएको घर पूरै बन्द छ तर मुख्य देवता र राजधानी हेर्नमिल्ने स्थान भने सधैं खुल्ने गरेको छ ।मुख्य मन्दिर पुग्न मन्दिरको ढोकासँगै सवारी पार्किङ स्थल छ भने नजिकै पोखरीको बीचमा सुन्दर मूर्ति रहेको छ । पोखरीको बीचमा रहेको मूर्तिको पाउमा र त्यसको छेउमा रहेको बक्समा धर्मालम्वीहरुले पैसा फ्याकेर आफ्नो भाग्य बुझ्ने गर्दछन् । मूर्तिको पाउ वा बक्समा डब्बल(खुद्रा)पैसा जसले छिराउन सक्छ उसको मनोकामना पूरा हुने धर्मावलम्बीहरुको धार्मिक विश्वास समेत रहेको एक दर्शनार्थीले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए ।
उपत्यकाका प्रायः मठमन्दिरहरु लकडाउनसँगै बन्द भएपछि खुलेका छैनन्। धार्मिक सद्भाव र सांस्कृतिक एकता नेपाली हरुको साझा राष्ट्रिय पहिचान हो । स्वयम्भुमा रहेको बाँदरमा कोरोना पोजेटिभ हुन सक्ने हुनाले केही धर्मावलम्बीहरु भने मानव भीड भन्दानी बाँदर भीडका कारण मन्दिर भ्रमण गर्दैनन्।जेहोस् भीडभाड नगरौं,मानव समुदायमा कोरोना भाइरसको बिगबिगी बढेपनि उपत्यकाका सडकका कुकुर, साँढे, बाँदर तथा पशुपन्छीमा पनि कोरोना हुन सक्ने एक पशु विज्ञले बताए ।