दशैंमा घर गएर काठमाडौं फर्किने यात्रु संख्यामा कमी


१४ कार्तिक २०७७ काठमाडौं ।१४ कार्तिक २०७७ काठमाडौं ।
कोरोना भाइरसस महामारीको त्रासका कारण यसपालिको दसैँमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या लाखौँलाख हुने गरेकोमा यसपालि केही लाखले मात्रै आवतजावत गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताएका हुन्। विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड/घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपालि भने १ लाखको हाराहारीमा आवतजावत रहेको उनले बताए । गत वर्ष कुल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपालि दसैँमा भने ३ लाखले उपत्यका छाडे । झण्डै २ लाख भित्रिएका छन् ।कोरोना भाइरसको महामारीले दसैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन् ।एक विवरण अनुसार कार्तिक १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।
मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ । सङ्ख्यात्मक रूपमा विश्लेषण गर्दा यस वर्ष इतिहासममै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ । ०७२ मा प्रलयकारी भूकम्प र नाकाबन्दीले जनमानसमा विघ्नबाधा गराएको थियो । विसं २०७१ को दसैँमा ६५ हजार सवारी साधनमार्फत ८ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत ५ लाख मानिस भित्रिएका थिए ।
यस्तैगरी, २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत ८ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत ५ लाख १६ हजार यात्रु भित्रिएका थिए । वि.सं. २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।
तर,यसपालि भने सबैभन्दा यात्रुको कम चहलपहल देखिएको वर्ष बनेको छ । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या नहुँदा पनि गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाई यसपालि नराम्ररी प्रभावित बनाएको तथ्याङ्क सार्वजनिक भएको हो ।
प्रहरी प्रवक्ता कुबेर कडायत यसपालिको दसैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावतमा कमी आएसँगै मसिना दुर्घटना बाहेकका दुर्घटनासमेत नभएको ट्राफिक स्रोतबाट जानकारी प्राप्त भएको छ । बजारमा चहलपहल कम हुँदा आपराधिक घटनामा पनि कमी देखिएको राससले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like