स्वास्थ्य मापदण्ड पालना नगर्ने परिपाटी बढ्दै


१३ कार्तिक २०७७ काठमाडौं । स्वास्थ्य कार्यालय रामेछापले सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्ने परिपाटी जिल्लाभित्र बढदै गएको बताएको छ ।स्वास्थ्य कार्यालयले हालसम्म जिल्ला स्वाब संकलन गरिएका २२ सय ५७ मध्ये १ सय ६१ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार हालसम्म जिल्लामा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानी काठमाडौं र अन्य जिल्लामा स्वाब परीक्षण गरिएका १ सय ८१ जना रामेछापका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा स्वाब संकलन गरेर विभिन्न जिल्लामा स्वाब संकलन समेत गरेका गरी हालसम्म रामेछापका ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

newskiran.com

newskiran.com

You May Also Like