नेपालीहरुको महान पर्व बडादशैं, सयपत्री र सौन्दर्य पहिचान


१३ कार्तिक २०७७ काठमाडौं । गतवर्ष असोज महिनामा पर्ने बडादशैँ यसपालि कार्तिक महिनामा पर्नाले तिहारमा फूल्ने फूलहरु दशैँताकै फुलिरहेका देखिन्छन् । तिहारमा फुल्ने फूलहरु तिहार अघि नै फुलेपछि फुल किसानहरु मारमा पर्ने भएका छन्। मखमली फूल नओइलाउने हुनाले तिहार सम्म टिक्ला तर सयपत्री फूल फुलेको १५ दिनमै सुक्ने हुनाले किसानहरु मारमा पर्ने भएका हुन्। यो साल कार्तिक मसान्त ताका परेको तिहार पर्वमा धानखेतीनै भित्र्याइ सक्ने किसानहरुले तिहारमा सायद सयपत्रीको माला बेचेर विगत वर्षमा झै कमाइ नगर्लान् ।कतिपय ठाउँमा तिहार सम्म सयपत्री फूल नरहने हुनाले दशैँको समयमा नै बिक्री गरिसकेका छन्। ओखलढुङ्गा घर भइ हाल ललितपुर गोदावरीमा बस्ने प्रेम सुनुवार भन्छन् यसपालि तिहार सम्म फूल रहँदैन् । त्यसैले आफूले बारीका फूलहरु दशैँमा नै बिक्री गरिसकेँ ।त्यसो त दशैँमा सहरबाट गाउँघर गएर पुन:सहर फर्कने क्रममा बसबाट आएका यात्रुहरुको गलामा सयपत्रीको माला झकिझकाउ देखिन थालेका छन्। लाग्छ ती सयपत्री मालाका लहरहरु तिहारसम्म सुकिसक्ने हुनाले अहिले उनिएर घाँटीमा सजिएका हुन् ।

नेपालीहरुको महान चाडपर्वको बाधक कोरोना भाइरस बनेपनि ग्रामीण परिवेशमा सहरी क्षेत्रबाट घुमफिरका लागि यात्रा गर्नेहरु मानिसहरू आजभोलि बढ्दै गएका छन् । प्राकृतिक सुन्दरता मा रम्न चाहने कसको चाहना हुँदैन् र ? विभिन्न तालतलैया, पहाड पर्वत, मठमन्दिर र मनोरम दृश्यमा रम्न र रमाउन नेपालीहरु आफ्ना चाडपर्वको बेला हर्ष र उल्लास बाँढ्न कहिल्यै पछि पर्दैनन् ।हातमा क्यामेरा मोबाइल बोकेर सेल्फी हान्दै र आफ्नो सोसियल मिडियामा देखाउन बढी उद्देलित आजको नेपाली सामाजिक परिवेशले आधुनिक मोडतर्फ यात्रा गर्न थालेको पक्कै हो । नदी वन जंगल र खोलाको यात्रा भनेको बनभोज, पार्टी र उत्सव उत्साह पैदा गर्ने नेपाली पर्यावरण बन्दै गएको अवस्थामा पर्यटकीय मुलुकको पहिचान नेपालले संसारसामु उजागर गर्दै गएको छ ।

खोलानाला भीरपाखा पखेराहरुको सौन्दर्यपन र दुबोरुपी चहुरमा टक्क बसेर आराम गर्नुको छुट्टै मज्जा छ नेपालमा । प्राकृतिक सुन्दरतामा रमाउने चाहना कस्लाई हुन्न र? त्यसैले पनि आन्तरिक र वाह्य पर्यटनको महत्व बढ्दै गएको हाम्रो मुलुक जसरी फूल फुलेर बगैंचा बसाएको छ त्यसैगरी नै नेपाली प्राकृतिक सौन्दर्य, धर्म, कला, संस्कृतिले सुवासमय बनेर मुलुकको पहिचान देखाउन खोजिरहेको छ र खोजिरहने छ ।

newskiran.com

newskiran.com

You May Also Like