रवि लामिछानेलाई कोरोना संक्रमण


१३ कार्तिक २०७७ काठमाडौं ।न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछानेले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबुकमा स्टाटस लेखेर बताएका हुन् ।
उनले ‘हामी श्रीमान श्रीमती दुवैको स्वास्थ्य सामान्य छ, केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले हामीलाई संक्रमण भएको हुनसक्दछ ।’

उनले घरमा आफूहरू दम्पती मात्र रहेकोले धेरै समस्या नरहेको बताएका छन्।रविको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन । तर, जुन घरमा वृद्ध अवस्थाका सदस्यहरु छन् तिनीहरुले चाहिँ बिल्कुल लापरबाही गर्नु हुँदैन। ।’

newskiran.com

newskiran.com

You May Also Like