कोरोना संक्रमित संख्यामा कमी आयो: स्वास्थ्य मन्त्रालय

११ कार्तिक २०७७ काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय ७० जनासहित देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएको बताइएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म देशभर ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like