प्रधानमन्त्री र गोयल बीचको भेटमा शङ्का: वैद्य


८ कार्तिक २०७७ काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)का महा सचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग भेट गर्नुले कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।सो भेटले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको वैद्यको आरोप छ ।वैद्यले विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गर्नु पर्ने स्थिति आएको बताए ।

किरण द्वारा जारी विज्ञप्तिमा:

“यही २०७७ कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर विभिन्न विषयमा छलफल गरेको कुराले हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण गरेको छ ।

यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएर कुटनीतिक मर्यादाको मात्र होइन राष्ट्रिय स्वाभिमान समेतको खिल्ली उडाएको छ ।

त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेटने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गंभीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ । हाम्रो पार्टी यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन अपिल गर्दछ ।”

newskiran.com

newskiran.com

You May Also Like