सडक पिच नभए पाटनमा आन्दोलन


९ कार्तिक २०७७ काठमाडौं । ललितपुर महानगरपालिका अन्तर्गत कृष्ण मन्दिर सुन्धारा खण्डको सडक कार्तिक १६ सम्म पिच नभए स्थानीयहरु आन्दोलनमा उत्रिने भएका छन्। कोरोना भाइरसको महामारी लगायतका कारण सडक पिच नहुँदा स्थानीयले ब्यानरमा सडक बन्द गर्ने भएका हुन्।सडक पिच नहुँदा यातायात खुरखुर गुड्न गाह्रो परेको स्थानीय सानु बताउँछन् । नेताहरुले सडकमा राजनीति गरेपछि पिचमा ढिलाई भएको सडक व्यापारी कान्छो लामाले बताए ।सडक पिच हुन खोज्दा बन्दाबन्दी र निषेधाज्ञाले ढिलो गर्यो भन्नेमा आफूलाई शङ्का लागेको सुन्धाराका खुद्रा पसलेले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like