आज महाअष्टमी , घरघरमा कालरात्री मनाइने


८ कार्तिक २०७७ काठमाडौं ।१६ दिनको १६ श्राद्ध र सकिएपछि सुरु घटस्थापनासँगैको नवरात्रिको आठौँ दिन देशैभर महाअष्टमी पर्व मनाइएको छ । शनिबार महाकाली -(भद्रकाली)को विशेष पूजाआजा हुनाले काठमाडौंको भद्रकाली मन्दिरमा दर्शनार्थीको भीडभाड देखिएको थियो ।भागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न भएको मानिन्छ। त्यसैले महाअष्टमीको दिन नवदुर्गा देवीलाई सोह्र सामग्रीले पूजा गर्ने गरिन्छ । यसपालि शनिबार नै महाअष्टमी परेकाले नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गर्दै मनाइएको छ । पूजाआजामा देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिएर मनाइएको हो । नेपालका विभिन्न देवीदेवताका मन्दिरमा मानिसहरूले आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बली दिने चलन छ । सात्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल मात्र अर्पण गर्दछन् ।दशैंघर -(हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।

यो पनि पढ्नुहोस्
कोरोना भाइरसको महामारीले राजधानी थलिएको बेला अधिकांश मानिसहरू गाउँ घरतिर लागेपछि सडक सफाचट देखिन थालेको छ । यातायातका साधन कम चल्न थालेपछि सडक भीडभाड घटेको छ । राजधानीका सहिद गेटको दृश्य अत्यन्त सुन्दर देखिन थालेको छ । दशैंभर संकटा मन्दिर,महाकाल मन्दिर र भद्रकाली मन्दिरमा भने साधारण भीड देखिएको छ ।सडक भीडभाड घटेकाले वातावरण स्वच्छ भएको एक मन्दिरका दर्शनार्थीको भनाइ रहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like