८ कार्तिक २०७७ काठमाडौं । सडक पेटीमा रुख बिरुवा रोपेर चर्चा कमाएको ललितपुर महानगरपालिकाले साइकल ल्यान्ड बनाएपछि यात्रामा सहज हुने भएको छ । ठुला ट्यांकर,बस र मसिना माइक्रो लगायतको भीडभाडमा यस अघि साइकल यात्री लाई यात्रा गर्न कठिनाइ भएको थियो । हालै साइकल सडक (लेन) बनेपछि यात्रामा सहज हुने भएको हो । थापाथली जावलाखेल सम्मको सडकमा हरियो रङ् पोतेर साइकल सडक बनाइएको छ । साइकल यात्री हरि भन्छन् यस अघि साइकल चलाउनु अलि कठिन थियो अहिले साइकल सडक बनेपछि यात्रामा सहज भएको छ । विगतमा माइक्रो बस गाडी लगायतका साधनले साइकललाई पेल्ने गरेको पेन्टरमा काम गर्ने दिनेश भाई बताउँछन् ।तर, साइकल सडक बनेपनि अझै पनि सडकका किनारामा जथाभावी गाडी पार्किङ गर्नेहरुले साइकलमा यात्रागर्ने हरुलाई बाधा भने नपुगेको होइन्।