शिक्षा ऐन कार्यान्वयन गर्नु पर्छ: इष्टु


६ कार्तिक २०७७ काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु)का संरक्षक मुकुन्द गौतमले शिक्षकका जायज मागलाई सम्बोधन गर्नुपर्नेमा बताएका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै गौतमले बोर्डिङ स्कुलले श्रम ऐन होइन् शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । दशैँको शुभकामना आदानप्रदान भर्चुअल बैठ्क कार्यक्रममा बोल्दै गौतमले श्रम ऐन कार्यान्वयन र न्युनतम वेतन लागू होइन शिक्षा ऐन नै लागू गर्नुपर्छ ।

बैठ्क कार्यक्रममा राष्ट्रिय समिति अध्यक्ष होम कुमार थापाले दशैं अघि विद्यालयले यतिउति महिनाको तलब फिक्स् गर्ने र फिक्स् नभए दशैंपछि जायज मागका लागि संघर्ष गर्नुपर्ने भनेका छन् । थापाले दशैं खर्च सहित पाकेको महिनाको तलब जोडेर दिन आफूले प्याब्सन र एन प्याब्सनका नेतृत्वलाई आग्रह गरेको तर सो कार्यन्वयनमा विद्यालयबाट ढिलासुस्ती भएको बताएका हुन् । कार्यक्रममा काठमाडौं, ललितपुर र चितवनका जिल्ला समन्वय समितिका पदाधिकारी सहित पार्टी आवद्ध शिक्षक युनियनका प्रतिनिधिहरू उपस्थित थिए। त्यसैगरी राष्ट्रिय समितिका महासचिव भोलानाथ चालिसे, उपाध्यक्ष देवीदत्त पौडेल, सचिव राम राई, सदस्यहरु सुरेश भट्ट, श्याम केसी लगायतका सदस्यहरु उपस्थित बैठ्कमा पेशागत हक र अधिकार का बारेमा धारणा बहस चलेको थियो । जिल्ला समन्वय समिति बैठ्क सुरेन्द्र मिश्रको अध्यक्षतामा चलेको थियो भने जिल्ला सहसचिव जनार्दन बरालले शुभकामना मन्तव्य राखेका थिए । बिहीबार करीब २ घन्टा चलेको भर्चुअल बैठ्क संचालन जिल्ला समन्वय समितिका सचिव केशव श्रेष्ठले गरेका थिए।यस अघि आफ्नो जायज माग राख्दै इष्टुले देशैभर आन्दोलन गरिरहेको छ भने समस्याको निकास अझै निस्कन सकिरहेको छैन् । दशैंको शुभकामना आदानप्रदान कार्यक्रम इष्टु ललितपुर जिल्ला समन्वय समितिले गरेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like