हिमानी शाहद्वारा जन्मोत्सवमा केक काटियो


१७ असोज २०७७ काठमाडौं । हिमानी ट्रष्टबाट चर्चित बनेकी पूर्व युवराज्ञी हिमानी शाहद्वारा आफ्नो ४५ औँ जन्मदिवसको अवसरमा केक काटिएको छ । उनको बालुवाटारस्थित ट्रष्टको कार्यालयमा जन्म दिवसमा केक काटिएको हो । दुई छोरीहरु पूर्णिका र कृतिकाको पढाइका कारण प्राय: थाइल्याण्डमा बस्दै आएकि हिमानी कोभिड–१९ ले पढाइ रोकिएपछि छोरीहरुका साथमा स्वदेशमै छिन्। शुभेच्छुकहरुका साथ ट्रष्टको कार्यालयमा उनले केक काटेर जन्म दिवस मनाएकी हुन् । केक काटिरहेको तस्बीरमा पूर्व अधिराजकुमारी प्रेरणा लगायत शुभेच्छुकहरु साथमा रहेका देखिन्छन् । हिमानीको जन्म दिन १५ असोज भएपनि तिथिका हिसाबले चाहिँ दशैँको महानवमी हो ।

newskiran.com

newskiran.com

You May Also Like