यस्तो फोहोर पानीमा पनि ‘पौडीको मस्ती’ मा केटाकेटी !

ऐतिहासिक नगर पाटनको गुइतटोलका केटाकेटी फोहोर पानीको पोखरीमा पौडी खेल्न मस्त छन् । बढ्दो गर्मीसँगै पौडी पोखरी तथा पानीको अभाव हुनाले केटाकेटी फोहोर पानीमा पौडी खेल्न बाध्य भएका हुन् ।

नजिकै सानो ढुंगेधारो छ, जहाँ एउटा ड्रम भरिन दिनभर लाग्छ । दुई वर्ष अघि बनेको भूकम्पीय पालेघर भताभुंग–लथालिंग छ । मन्दिर तथा पोखरी आसपास भत्केका घरका इँट्टाहरु थुपारिएका छन् ।

बुढापाकाहरु फोहोर पोखरीमा पौडी खेलिरहेका केटाकेटीलाई हेर्न चासो दिँदैनन् । फोहोर पानीमा पौडी खेल्नेहरुलाई जीउभरि खटिरा आउने तथा छालासम्बन्धी रोगले च्याप्ने गर्छ ।

अत: यसतर्फ सम्बन्धित निकायको ध्यान बेलैमा जानुपर्छ । फोहोर पानीमा पौडी खेल्नाले केटाकेटीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबाट रोक्नु सचेत नागरिक तथा समुदायको दायित्वभित्र पर्दैन र !

You May Also Like