आफ्नो जायज माग राख्दै इष्टुले गर्यो माइतीघरमा बृहत र्याली


१७ असोज २०७७ काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) राष्ट्रिय समितिले शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै सडक र्याली निकालेको छ । ललितपुर र काठमाडौं जिल्ला समन्वय समिति तथा उपत्यकामा रहेका आफ्ना कमिटीहरुको सहकार्यमा शनिबार इष्टुले माइतीघर मन्डलामा सडक र्याली निकालेको हो । इष्टुका राष्ट्रिय समिति अध्यक्ष होम कुमार थापाले र्यालीलाई सम्बोधन गरेका थिए ।र्यालीलाई सम्बोधन गर्दै थापाले कुनै पनि हालतमा शिक्षकले दशैं राम्रोसँग मनाउने गरी तलब पाउनु पर्छ ।हामी शिक्षक सम्बेदनशील घडीमा सहेर बसेका छौँ । युनियनको नीति नियम भित्रको नैतिकतामा बसेर काम गरिरहेका शिक्षक शिक्षिका हरुलाई आफ्नो मर्यादा पालन गर्न थापाले निर्देशन थिए ।उनले थपे- शिक्षकको मर्कामा सरकार वा स्कुलका संस्थापक/संचालकले चाडैं विचार गरेर तलब निकासा गर्नु पर्यो । स्कुलले अझैपनि अपेक्षाकृत सहयोग नगरेको पनि थापाले आरोप लगाएका छन् । र्यालीमा इष्टुका केन्द्रीय सल्लाहकार इन्द्रराज भट्टराई, अध्यक्ष होम कुमार थापा, महासचिव भोलानाथ चालिसे, उपाध्यक्ष अमल राई, सुधिर झा,उपमहासचिव भवानी पराजुली सचिव रामकुमार राई ,राष्ट्रिय समिति सदस्यहरु सुरेन्द्र मिश्र, सुरेश भट्ट,धुब्र पौडेल लगायत ललितपुर र काठमाडौं जिल्ला समन्वय समितिका पदाधिकारीहरु सहभागी थिए ।

यस अघि इष्टुले नगर र पालिका स्तरमा ज्ञापनपत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम गरेको थियो । र्यालीमा विभिन्न नारा अंकित व्यानर र पोष्टरहरु प्रदर्शित गरिएका थिए । सयौँको संख्यामा सहभागी शिक्षक शिक्षिकाहरुको र्यालीलाई सडक किनारामा बसेका सुरक्षा कर्मीले समेत मौन मुद्रामा समर्पित भावले नियाली रहेका देखिन्थे । २ बजे सुरु भएको र्यालीमा सहभागी प्रदर्शनकारीहरुले यो पटक आफ्नो माग कि सरकारले सुन्ला वा प्रिन्सिपलले बुझ्लाकि भन्ने प्रशन्न मुद्रामा हात्ती लम्के झैँ हिँडेका देखिन्थे ।
र्यालीका केही तस्बीरहरु:-













newskiran.com

newskiran.com

You May Also Like