ललितपुरमा असोज १५ देखि लकडाउन


१२ असोज २०७७ काठमाडौं । असोज १५ गतेपछि लकडाउन हुन्छ भन्ने हल्ला चलिरहेकै बेला ललितपुर महानगरका दुई वडा अध्यक्ष मिलेर १५-२५ असोज सडक अवरुद्ध गर्ने बताएका छन् ।सोमबार एक सूचना जारी गरी वडा नं -२८ का वडाध्यक्ष राजेश महर्जन र वडा नं -२९ का वडाध्यक्ष गणेश कुमार महर्जनले सडक अवरुद्ध गर्ने बताएका हुन् । ललितपुर महानगरपालिकाको लेटर हेडपत्रमा असोज १२ गते लेखिएको सडक अवरुद्ध सम्बन्धमा भन्ने विषय शीर्षक पत्रमा असोज १५ देखि असोज २५ गते सम्म सडक अवरुद्ध हुने बताइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like