इष्टुले गर्यो दोस्रो चरणको आन्दोलन सार्वजनिक


१० असोज २०७७ काठमाडौं । इष्टु ललितपुरले महानगरपालिका तथा पालिका स्तरमा असोज १५ गते ज्ञापन पत्र बुझाएको छ ।यस अघि प्याब्सन र एनप्याब्सनको वार्ता र सहमति गर्दै अघि बढिरहेको इष्टुले असोज १ गते जुम मिटिङ गरेर राष्ट्रिय स्तरको कार्यक्रम सार्वजनिक गरिसकेको छ । केन्द्रीय अध्यक्ष होमकुमार थापाले फेसबुक वालमा लेखेका छन्।
सबै प्रदेश इन्चार्ज; रा. स.सदस्य ;प्रदेश अध्यक्ष ; जिल्ला अध्यक्ष तथा सबै तहका सम्पुर्ण सदस्य ज्युहरु!!!
अभिबादन

ईस्टु रा. स.को मिति 2077 असोज 1 गतेको zoom मार्फत बसेको पुर्ण बैठकले हामी ले उठाउदै गरेका मागहरु र गरिने आन्दोलन का कार्यक्रम हरुका बारेमा निम्न निर्णयहरु गरेको छ।तिनिहरुको पालनाका निम्ति सुचित गरिन्छ।राष्ट्रिय समितिको घोषित आन्दोलनलाई जारी राख्दै अन्य आन्दोलनका कार्यक्रमहरु पनि गर्न सकिने छ तथा स्थानिय समस्याहरुलाई मध्य नजर गर्दै मागहरु थपघट गर्न सकिने छ।प्रदेश ईञ्चार्ज र रा.समिति सदस्य ज्यु हरुले अनिबार्य प्रदेश र जिल्लाहरुले गर्ने आन्दोलनलाई समन्वय गर्नुहोला।

हाम्रा मागहरु:-
(1)बिद्यार्थी हरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हामी शिक्षक हरु प्रतिबद्ध छौ त्यसैले अभिभावक ज्युहरुसङ्ग जबर्जस्ति होइन सल्लाह, सम्बाद ,छलफल्द्वारा निकास निकाल्ने काम गरियोस।
(2) चैत्र सम्म तलब नदिएका संस्थागत बिद्यालयहरुले आजका 7 दिन भित्र अनिवार्य तलब दिईयोस।
(3)असोजको दोस्रो सातासम्म असार सम्मको सम्पुर्ण खाईपाई आएको तलब अनिबार्य भुक्तानी गरियोस।
(4)कार्तिकको पहिलो सातासम्म श्रावण ,भाद्र असोज र चाडबाड खर्च अनिवार्य भुक्तानी गरियोस।
नसक्ने बिद्यालयहरुको हकमा शिक्षक -कर्मचारीहरुको सम्पुर्ण तलब रकम सरकारले ब्यहोरी शिक्षक -कर्मचारीको उचित ब्यबस्थापन गर्दै बिद्यालय मर्जरमा लगियोस।
(5)प्याब्सनका जिम्मेवार पधाधिकारिहरुका बिद्यालय लगाएत अन्य सबै बिद्यालयहरुबाट निष्कासन गरिएका शिक्षक -कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली गरियोस् र सबैलाई तलब भुक्तानी गरियोस् ।
(6)सम्पुर्ण संस्थागत बिद्यालय शिक्षक -कर्मचारीहरुको लगत स्थानीय निकायलाई लिन लगाई शिक्षा तथा मानव संसाधन बिकास केन्द्रमा ब्यबस्थित गरियोस् ।
(7)सरकारका हरेक निकायहरूमा संस्थागत बिद्यालयहरुसङ्ग सम्बन्धित कार्यदल , छलफल, बार्ता,सम्बाद आदिमा यस युनियनलाई प्रतिनिधित्व गराईयोस।
(8) संविधानमा उल्लेख भएबमोजिम शिक्षामा सरकारको लगानी बढाउदै लगि निजि लगानीका शिक्षण सस्थालाई अनुगमन र नियमन गरि सेवामूलक बनाईयोस।
(9) योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराउदै बिद्यालयहरु र शिक्षक -कर्मचारीहरुलाई अनिवार्य सुचिकृत गरियोस।
(10) शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घसङ्ग भएका सम्पुर्ण सहमतिहरु लागू गरियोस।

आन्दोलनका कार्यक्रमहरु
(1)2077 असोज 4 गते राष्ट्रिय समितिले पत्रकार सम्मेलन गर्ने।
(2)2077असोज 9 सम्म सबै महानगरपालिका ; उप- महानगरपालिका;नगरपालिका र सम्भव भए सम्म गाउपालिकाहरुमा पुनः ज्ञापन पत्र दिने।प्याब्सन र एन प्याब्सन का सबै तहहरुमा स्मरण पत्र दिने।
(3)2077 असोज 11देखि 13 सम्म मानव संसाधन बिकास केन्द्र र शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने।प्रदेशमा सामाजिक बिकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने।
(4)15 गते सबै महा/उप/नगरपालिकामा 1 दिने धर्ना दिने।
(5)असोज 18 गते देश भरका प्रमुख शहरहरुमा बिरोध rally निकालेर कोणसभा गर्ने।(कोरोनाका कारणले परिस्थिति केही सहज भएमा)

दोश्रो चरणको आन्दोलनका थप कार्यक्र पुनः पछि तय गरिने छ।
:-होमकुमार थापा
अध्यक्ष
राष्ट्रिय समिति
9851099879

newskiran.com

newskiran.com

You May Also Like