ग्रेटर नेपालले गर्यो इन्डिया सञ्चार माध्यमको भत्सर्ना

८ असोज २०७७ काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाका अध्यक्ष फणीन्द्र नेपालले इन्डिया सञ्चार माध्यमद्वारा आफूमाथि गरिएको मानसिक दबाब र घर परिवारको शान्ति विथोल्ने बदनियत ब्यबहारकोप्रति घोर भत्सर्ना गरेका छन्।नेपालले असोज ६ गते एक प्रेस विज्ञप्ति जारी गरेर भत्सर्ना गरेका हुन् ।उनले प्रेस विज्ञप्तिमा इन्डियाको एक इन्च जमिनमा पनि मेरो मागदाबी छैन्। मेरो र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको शान्तिपूर्ण मागलाई गलत रूपमा प्रस्तुत गर्ने इन्डियाली सञ्चार जगतकाे बदनियतको म घोर भर्त्सना गर्दछु । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका गतिविधिलाई लिएर ईण्डियन सञ्चार माध्यम अाजतकले समाचार प्रशारण गरेपछि अभियन्ता नेपालले त्यसका विरुद्ध प्रेसविज्ञप्ति जारी गरेका हुन् ।

प्रेसविज्ञप्तिमा उल्लेख छ:

विगत केही दिनयता ग्रेटर नेपाल र यसमा मेरो प्रतिबद्धता र संलग्नतालाई लिएर आफूलाई इन्डियाको सबैभन्दा ठूलो न्यूज च्यानल भनेर दाबी गर्ने `अाज तक´ नामक सञ्चारमाध्यम सहित अन्य इन्डियाली समाचार संस्थाहरूले अतिरञ्जित ढंगले समाचार प्रकाशन-प्रसारण गरेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले सुगौली सन्धिमा नेपालले गुमाएको जमिन सुगौलीसन्धिकारी पक्ष बेलायत नै यस क्षेत्रबाट विस्थापित भएपछि त्यो जमिन इन्डियाले कब्जा गर्ने होइन, नेपाललाई ससम्मान फिर्ता गर्नुपर्छ भन्दा मलाई इन्डियाका लागि घातक र खतरनाक भन्ने अारोप लगाउनु बेलायती उपनिवेशबाट मुक्तिका लागि सङ्घर्ष गरेको इन्डियाका लागि कुनै पनि हालतमा शोभादायी होइन।
तत्कालीन ब्रिटिश इन्डियाबाट बेलायती शासन हटाउन भएका अान्दोलनमा नेपालीहरूको उल्लेख्य सहभागितामात्र होइन , उनीहरूले जेलनेल पनि भोगेका थिए। ब्रिटिशहरूले यो क्षेत्र छोडेपछि नेपालको जमिन पनि स्वतन्त्र हुनेछ भन्ने नेपालीहरूको अाशामाथि स्वतन्त्र इन्डियाले तुषारापात गरेको थियो। त्यही जमिन अाज हामी मागिरहेका छौँ। हिजो बेलायती उपनिवेशविरुद्ध त्यहाँ भएको अान्दोलन सही थियोे भने हामीले इन्डियाली उपनिवेशबाट मुक्ति खोज्नु कसरी अातङ्क हुनसक्छ? यसै सन्दर्भमा राज्य नियन्त्रित इन्डियाली सञ्चारजगत् मैले गरेको ग्रेटर नेपाल अान्दोलनको नेतृत्वलाई इन्डियासँगको सबैभन्दा ठूलो शत्रुता ठान्छ भने यो मलाई तर्साउन गरेको सुनियोजित खेल सिबाय अरू केही होइन। मैले नेपालको जमिन फिर्ता मागेको हुँ, इन्डियाको एक इन्च जमिनमा पनि मेरो मागदाबी छैन। मेरो र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको शान्तिपूर्ण मागलाई गलत रूपमा प्रस्तुत गर्ने इन्डियाली सञ्चार जगत्को बदनियतको म घोर भर्त्सना गर्दछु र ममाथि मानसिक दबाब दिएर मेरो घरपरिवारको समेत शान्ति बिथोल्ने यस किसिमको घातक क्रियाकलाप बन्द गर्न म काठमाडौँस्थित इन्डियाली दूतावासलाई अाग्रह गर्दछु।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ
२०७७-०६-०६

newskiran.com

newskiran.com

You May Also Like