भारी वर्षा सँगै मुग्लिन सडक अवरुद्ध हुने क्रम जारी


८ असोज २०७७ काठमाडौं । गएराति देखि परेको भारी वर्षा सँगै नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो गएसँगै सडक अबरुद्ध भएको हो । ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध बनेको हो । पटकपटक पहिरो जाने सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पनि पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।

साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।पहिरोले कतिखेर सडक कहाँ अवरुद्ध हुन्छ भन्ने कुराले यात्रुलाई त्रासदी बनाइरहेको छ ।

newskiran.com

newskiran.com

You May Also Like