वामदेवको राष्ट्रिय सभा सदस्य पद धरापमा


८ असोज २०७७ काठमाडौं ।युवराज खतिवडाको बहिर्गमन सँगै राष्ट्रिय सभा सदस्य बनेका वामदेव गौतमको पद धरानमा परेको छ ।उनलाई सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अर्को आदेश नभएसम्म राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न आदेश दिएको हो । गौतमलाई सांसद र मन्त्री बनाउन नमिल्ने दावीसहित अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म राष्ट्रिय सभा सदस्यको रुपमा काम गर्न रोक लागेको छ । विगतमा एमालेलाई फुटाएर माले पार्टीको नेतृत्व सम्हालेका पूर्व गृहमन्त्री समेत रहेका गौतमको भावी राजनीति उज्ज्वलता देखेर केही गुट उपगुटको राजनीति वृतचक्रमा उनलाई फसाउन खोजिएको हुन सक्ने नागरिक अनुमान छ ।त्यसो त पार्टी अध्यक्षले नै गृहमन्त्री बनाउने नाराका साथ चुनावमा अघि सारिएका नवराज सिलवाल पनि वैयक्तिक भागेदार बनेका थिए । गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा असोज १ गते राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यका रुपमा मनोनित गरिएको हो ।


newskiran.com

newskiran.com

You May Also Like