२० जेठ, काठमाडौं । उत्तरी दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । उक्त आयोजनामा खन्नु पर्ने ८.२ किलोमिटरको मूख्य सुरुङमा अब ८ सय मिटर मात्रै खन्न बाँकी छ ।
आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठ बताउँछन् । ‘तीन सिफ्ट मात्रै होइन अहिले दिनरात काम भइरहेको छ,’ उनले भने, ‘कंक्रिटको काम द्रुत गतिमा अघि बढाइरहेका छौं ।’