राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनीत


१ असोज २०७७ काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको १ सदस्य पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई बुधबार राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा राष्ट्रपति द्वारा नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको हो । गौतमको राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुनेछ ।यसैहप्ता बसेको मन्त्रिपरिषद् बैठ्कले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बसेको बैठ्कले पूर्व राष्ट्रिय सभा सदस्य युवराज खतिवडाको पदावधि सकिएर खाली रहेको पदीय कोटामा पूर्व गृहमन्त्री समेत रहेका गौतमलाई लैजाने सहमति गरेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like