३० भदौ २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाबाट कोरोना संक्रमित बढ्दै गर्दा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । जनसमुदायको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनसेवामा अहोरात्र खटिरहेका श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा कोरोना भएको लेखेपछि संक्रमण पुष्टि भएको हो । उनीसँगै विगत र वर्तमानमा भेटघाट गर्नेहरु अहिले महालक्ष्मी नगरमा तरङ्गित भइरहेको जानकारीमा आएको छ ।
मेयर श्रेष्ठले सामजिक सञ्जालमा लेखेका छन्:-
आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन , नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म अाफै कोरोना भाइरसबाट सक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिटै जितेर पुन: नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु।
मेरो सम्पर्कमामा रहनुभएका माहानुभावहरुलाई एकपटक परिक्षण गर्नहुन अनुरोध छ।
रामेश्वर श्रेष्ठ
नगर प्रमुख महालक्ष्मी नगरपालिका ललितपुर ।