भदौ २५ बाट उपत्यकामा निषेधाज्ञा खुकुलो हुने

२४ भदौ २०७७ काठमाडौं ।गत भदौ ३ बाट सुरु भएको निषेधाज्ञा उपत्यकामा बिहीबारदेखि एक साता खुकुलो गर्ने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको भर्चुअल बैठ्कले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयका साथ १६ सीट भन्दा माथिका सार्वजनिक यातायात स्थानीय स्तरमा चलाउन,पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्न दिइने निर्णय भएको जानकारीमा आएको छ । यसअघि उपत्यकाका जनप्रतिनिधिले समेत नाकामा कडाइ गरेर उपत्यकामा स्थिति सहज बनाउन सुझाव दिएका थिए । व्यवसायीहरुले खुल्ला गर्नुपर्ने आवाज उठाउँदै आएका थिए ।नाडाले त जबर्जस्ती नै व्यवसाय खोल्ने निर्णय समेत गरेको थियो । निषेधाज्ञा खुकुलो भएसँगै बैंकिङ तथा वित्तीय कारोबार बढ्ने र मालपोत तथा कर कार्यालय खुलेर राजस्व संकलन भई राष्ट्रिय आय बढ्ने विश्वास लिइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like