खान नपाएर जनता मरे प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउनु पर्ने : मेयर चौधरी


२२ भदौ २०७७ काठमाडौं। बेलाबेलामा मिडिया भाइरल बन्ने मेयर बोली कहिले पत्रकारको नाक भाँच्ने र कहिले जनतालाई घरबाहिर निस्कन दिनुहुन्न महामारी फैलन सक्छ भन्ने भनाई सम्म आइपुग्दा इटहरीका मेयर द्वारीकालाल चौधरीले भने लकडाउनको बेला खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउन पर्ने बताएका छन् ।मेयरले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी रहेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको बताएका हुन् । मान्छे कोरोनाले मरेको भने त ठिकै छ; करेन्ट लागेर मरेको भए पनि ठिकै छ ; पानीमा डुबेर,एसिडेन्ट भएर मरे पनि ठिकै छ तर खान नपाएर मरेको छ भने कसैले मुद्दा दियो भने सरकारलाई लाग्छ । त्यतिबेला प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउन पर्छ । यो पञ्चायको जनता हैन, बहुदल कालको पनि जनता नभएर संघीय गणतन्त्रको जनता हो ।

उनले एक छलफलमा भनेका छन्- त्यसैले भन्छु, ‘ए सरकार तिमीले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ । संविधानले त्यो व्यस्वस्था गरेको छ ।’ उनले संघीय सरकारले पठाएकै बजेटबाट खर्च गर्नु भनेको तर बजेट बाटो, अस्पताल बनाउनु भनेर बजेट पठाएको बताए ।
छलफलको क्रममा धारणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताएका छन् । उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परीक्षण गर्न समस्या रहेको बताएका थिए ।


newskiran.com

newskiran.com

You May Also Like