संयुक्त ट्रेड युनियनले देशव्यापी संघर्ष गर्ने, सुरु २५ गते माइती घरबाट


२२ भदौ २०७७ काठमाडौं ।वाम गठबन्धन सरकार गठन भएपछि एकत्रित हुँदै बनेको विभिन्न पार्टी आवद्ध ट्रेड युनियन हरुको संयुक्त घटक संघ ६ ट्रेड युनियन महासंघको संयुक्त बैठ्कले देश व्यापी रुपमा संघर्ष गर्ने निर्णय गरेको छ । आइतबार समाजवादी ट्रेड युनियन महासंघको कार्यालय बालकुमारी ललितपुरमा बसेको महासंघको संयुक्त बैठ्कले लकडाउन र निषेधाज्ञाले मजदुरको रोजगारी तथा तलब सुविधा कटौती गरेकाले देशव्यापी संघर्ष गर्ने निर्णय गरेको हो ।

बैठ्कले गरेका निर्णयहरु :-

१. ऋषि कटेलले नेतृत्व गर्नु भएको नेकपा निकट अखिल नेपाल ट्रेड युनियनलाई ६ ट्रेड युनियन महासंघमा सहभागी/आबद्ध गराउने निर्णय गरेको छ । यो निर्णय संगै अब हामी ७ ट्रेड युनियन महासंघको संयुक्त मोर्चा बनेको छ ।

२. कोभिड-१९ को आतंक र राज्यद्वारा जारी लकडाउन/निषेधाज्ञाले रोजगारी कटौती, तलब सुविधाको कटौती र राज्य एवं पुँजिपति वर्गको मजदुर विरोधी नीतिले मुख्यतः मजदुर वर्गले अपूर्ण संकटको सामना गर्नु परेको आजको सन्दर्भमा उत्पीडित मजदुरको पक्षमा देशव्यापी संघर्ष अगाडि बढाउने निर्णय गरेको छ । सोहि योजना अनुरुप यहि भाद्र २५ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

३.७ ट्रेड युनियन महासंघले आयोजना गर्ने संयुक्त संघर्षमा गतिशील र सक्रिय भूमिका पूरा गर्न सम्पूर्ण उत्पीडित मजदुर वर्गलाई विशेष अपिल र आव्हान गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like