इष्टु कञ्चनपुरले गर्यो प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी


२२ भदौ २०७७ काठमाडौं ‌। संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कञ्चनपुरले प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेको छ। मालिकहरुले यतिका बेलासम्म तलब नदिएको भन्दै कञ्चनपुरका निजी बोर्डिङमा कार्यरत शिक्षकहरुको युनियन इष्टुले आइतबार तालाबन्दी गरेका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु)कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष माधव राज पन्तले विद्यालयका संचालकहरुले अनेकन बहाना गरेर लकडाउन देखाउँदै चैत बैशाख देखि शिक्षकको पारिश्रमिक नदिएकाले बाध्य भएर उनीहरुको छाता संगठनका कार्यालयमा तालाबन्दी गरेको बताएका छन् ।देशका विभिन्न भागमा शिक्षक शिक्षिकाहरुलाई पारिश्रमिक नदिएर केही मालिकहरुले प्रपञ्च रची रहेकोले अब थप शसक्त रुपमा आन्दोलन अघि बढ्ने उनले चेतावनी दिए । निजी विद्यालयका संचालकहरुले भने लकडाउनका कारण विद्यालय संचालन नभएको र अभिभावकले फिस तिर्न ढिलाई गरेकाले तत्काल तलब दिन नसकिएको बताएका छन् । उनीहरुले दशैं अघि सम्म प्याब्सन र एनप्याब्सनको केन्द्रीय कार्यालयले जे निर्णय गर्छ त्यसको कार्यान्वयन पक्षमा कञ्चनपुर पनि रहने भन्दै आएका छन् ।यो समाचार कालापानी खबरमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like