भदौ २१ गते आइतबार ३ बजे रथ तानिने


२१ भदौ २०७७ काठमाडौं ।लकडाउनका कारण रोकिएको वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा आइतबार दिउँसो ३ बजे तानिँदै छ ।कोरोना भाइरसका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण सदा झैं रथयात्रा नहुने भएको छ ।विगतका वर्षहरुमा गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि यो वर्ष ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म मात्र रथयात्रा तानेर राख्न लागिएको हो ।
आइतबार बिहानैदेखि १९ जातीय खलः पुचःका ५ सय १ स्वयम् सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताएका हुन । महर्जनका अनुसार “मुलुकमा महामारी फैलिरहेको कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तानिँदै छ ।अहिले भइरहेको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन् ।” गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५ सय मिटर मीननाथको रथ पनि तानिने छ ।लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने छ । “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने पनि लगाइएको छ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने गरिन्छ । यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले देशमा कुनै अनिष्ट नहोस् भनेर शुक्रबार क्षमापूजा पनि गरिएको थियो । भदौ २६ गते शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको छ ।

आर्यावलोकितेश्वरलाई गतसाउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि.सं ८ सयमा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो ।१९ आँ जातीय खलः पुचःका ५सय १ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like