इष्टुको दोस्रो वृहत कवि गोष्ठी शनिबार सम्पन्न


२० भदौ २०७७ काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियनले श्रम र सरोकार विषयक वृहत कवि गोष्ठी -२०७७ सम्पन्न गरेको छ । शनिबार दिउँसो ४ बजे देखि ७ बजेसम्म चलेको भर्चुअल अनलाइन माध्यम उपस्थित स्रष्टा,द्रष्टा र दर्शक दीर्घामा कवि गोष्ठी सम्पन्न गरेको हो ।कवि गोष्ठीमा संस्थागत विद्यालय शिक्षक शिक्षिकाहरुका पीडा भावना अंकित विभिन्न मुक्तक,गजल र कविताहरु प्रस्तुत गरिएको थियो । इष्टुका संरक्षक मुकुन्द गौतम, सल्लाहकार इन्द्रराज भट्टराई, अध्यक्ष होम कुमार थापा, उपाध्यक्षद्वय अमल राई र देवीदत्त पौडेल, महासचिव भोला चालिसे, सचिव राम राई लगायत काठमाडौं र ललितपुरका जिल्ला पदाधिकारीहरुको बैठ्कमा विशेष सहभागीता रहेको थियो ।साथै उपत्यका बाहिरका इष्टु जिल्ला पदाधिकारीहरुको पनि उल्लेख्य सहभागिता बैठ्कमा रहेको आयोजक दिपक गौतमले जानकारी दिए ।उनी गोष्ठीका सभापति थिए भने रेडियन्ट स्कुलका पौडेल सर संचालकको भूमिकामा रहेका थिए। विभिन्न कवि कवयित्रीहरुले काव्यिक खुराक पस्कने क्रममा’एउटा शिक्षक’ शीर्षकमा मुना हमाल,’भोलिका लागि शिक्षक न्यून छ’-विरेन्द्र परिवार र ‘कोरोना कहर र हामी शिक्षक’ शीर्षकमा सीता ढकालले कविता वाचन गर्नु भएको थियो । त्यसै गरी मन्दाक्रान्ता छन्दमा ‘मास्टर साहेब’ शीर्षकको कविता शिवराज जोशीले वाचन गरे भने ‘डोको बुन्ने दाई’ शीर्षकमा सोझो गाउँलेले शिक्षकको गुदी मर्मलाई कोट्याउने प्रयास गरेका थिए ।त्यसो त सरिता निरौलाले पनि ‘भोको पेटको मर्म बुन्नेहरुलाई’शीर्षकमा कविता वाचन गर्दा लाग्थ्यो लगानीकर्ताहरुलाई चोटिलो व्यङ्ग्य भाव गइरहेछ । छविलाल कोपिलाले ‘आगो’ शीर्षकमा कविता वाचन गरिरहँदा कवि गोष्ठीको पहिरन नै फेरिएझैं लाग्थ्यो । स्रष्टा त त्यस्तो पो हुन पर्छ जसले शिक्षक शिक्षिकाहरुलाई आगो बनाएर क्रान्तिमा होमिन आग्रह गर्दै छ । सडकका मालिकहरु पनि कवि छविलालले नै वाचन गर्नु भएको थियो । चर्चित कवि प्रान्जलले बान्किला ४ मुक्तक र एक गजल प्रस्तुत गर्नुभएको थियो ।

अधिकांश कविताहरु शिक्षकको वर्तमान पीडा भाव भन्दा माथि उठ्न सकेका थिएनन् । विकास विश्वकर्माको ‘बोर्डिङ्को टिचर’नरेश जोशीको ‘शिक्षकको वेदना’ र कवि सीता यरीको पीडामास्टरको कविताले नै स्पष्ट गर्दथ्यो कवि गोष्ठी मनोरन्जन र शिक्षक शिक्षिकाहरुका मनोभाव शान्त पार्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि होमकुमार थापाले विश्वाशिला ढट्वाइँ भावका कविता सुनाई रहँदा लाग्थ्यो शिक्षक शिक्षिकाहरुसँग काव्यिक रस क्या जमिरहेको हुनेरहेछ । बेलाबेलामा इन्द्र राज भट्टराई र अमलराई लगायत स्रष्टाले साहित्यिक भाषण दिंदा ३ घन्टा ३ मिनेट जसरी बितेको पत्तै नपाएको आयोजक पक्षको बुझाई छ । इष्टुको यो दोस्रो काव्यिक गोष्ठी भएको काठमाडौं का इष्टु अध्यक्ष सुरेश भट्टले न्युजकिरण डटकम अनलाइन खबरलाई बताए ।कवि गोष्ठीले सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुका समस्याहरु जमघट भएर भन्डारण हुने र संघर्षमा खर्च गर्न सजिलो हुने तर्क आयोजक ले राखेका छन्।
यस्तो त इष्टुको माग:-

newskiran.com

newskiran.com

You May Also Like