लकडाउनले श्रमिक वर्गको जनजीवन अस्तब्यस्त


२० भदौ २०७७ काठमाडौं । विश्वभर त्रास दिइरहेको कोरोना भाइरसको प्रभाव नेपालमा पनि एक्कासी फैलिन नपाओस् भनी सरकारद्वारा प्रारम्भ गरिएको गत चैत ११ देखिको लकडाउनले श्रमिक वर्गको जनजीविका अस्तव्यस्त बनाएको छ । उद्योग, कलकारखाना, निर्माण,धातु, फर्निचर,भट्टा,होटल,पसल,
गलैचा, गार्मेन्ट, प्रेस, शैक्षिक संस्था तर कतिपय संघसंस्था र सहकारीमा कार्यरत मानसिक वा शारीरिक श्रम गर्ने व्यक्तिहरु छन्।चिया बगान र पर्यटन क्षेत्रमा रहेका श्रमिकलाई यतिखेर काम नचलेकाले दैनिक गुजारा चलाउन नै गाह्रो परेको हो ।वैद्य माओवादीका मजदुर नेताहरु भन्छन् रोग भन्दा भोक ठुलो हो । बिहान कमाएर बेलुका खानेहरुलाई यो लकडाउन र निषेधाज्ञाका कारण जीविकोपार्जनमा कठिनाइ आइपरेको छ ।त्यसैले सरकारले कि राहत दिनुपर्यो कि श्रमिक कार्यरत अफिसले नियमित तलब र सेवा सुविधा दिएर जागिरको ग्यारेन्टी गर्नुपर्ने हुन्छ । बाबुराम भट्टराई पक्षका मजदुर नेता लालध्वज नेम्वाङले भने बेलैमा मजदुरी गर्नेहरुले नसोच्ने हो भने भोकमरीले धेरैलाई सताउँछ ।रोग र भोक दुवै एकै रहेकाले रोगबाट आफू बच्नु पर्यो त्यसपछि भोकबाट बाँच्न श्रम गर्नुपर्छ। यतिखेर श्रमजीवीलाई टिक्न गाह्रो परेको छ ।पाटन औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिक कान्छादाईका अनुसार लकडाउनको प्रभाव उद्योग कलकारखानामा समेत परेको छ।०६५/०६६सालको मजदुर आन्दोलन पश्चात् स्थायी र अस्थायी नियुक्ति पत्र पाएका उनीहरुलाई संचयकोष,उपदान,दशैखर्च,बोनस, सार्वजनिक बिदा,न्युनतम वेतन सेवा सुविधा ग्रेड वृद्धि,आवास सेवा, पोशाक भत्ता,ओटी(ओभर टायमको तलब)लगायतका सेवा सुविधा दिइरहेको छ ।करीब १२० उद्योगका १५ मजदुरलाई खुशी साथ पाल्न र सेवा सुविधा दिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समन्वय गरेको छ भने कल्याण तथा सुरक्षा समितिको नाममा उद्योग कलकारखाना तथा व्यवसायी का मालिकहरुले ऐन नियम कार्यान्वयन गरिरहेका छन् । न्युनतम वेतनमा अदक्ष १३ हजार ५ सय र क्रमशः र अर्धदक्ष दक्ष र उच्चदक्षका श्रमिकले १८-२५ हजारको रेन्चमा तलब थाप्ने गर्छन्।लकडाउनको प्रभाव सर्वत्र परेको छ तैपनि औद्योगिक क्षेत्रमा रहेका श्रमिकलाई त्यति कठिन नभएको एक फर्निचरमा काम गर्ने मजदुरले बताए ।

यता ५० को दशकमा सुरु भएको बोर्डिङ स्कुलका शिक्षक शिक्षिकाहरुलाई नकाम न दाम भइरहेको छ । वैकल्पिक शिक्षण सिकाइ अन्तर्गत अनलाइन शिक्षालाई सरकारले हालैमात्रै मान्यता दिएको छ ।यता अघि हुनेले वाइफाइ र नहुनेले डाटाको माध्यमबाट कक्षा लिइरहेका छन्।तर, विद्यालय भने वैशाख महिना देखिको तलब नदिंदा आफूले छ महिनादेखि घरबेटीलाई भाडा दिन नसकेको गुनासो अधिकांश शिक्षक शिक्षिकाहरुको रहेको छ ।तलब आउला र एकैचोटी कोठाभाडा तिरौला भन्ने आशामा ६ महिना कुरिति तर घरबेटीले कचकच गरेपछि घरपरिवारसँग सापट मागेर ३ महिनाको घरभाडा तिरेको प्रिमियर स्कुलका एक टिचरले नाम नभन्ने सर्तमा बताए ।तर कतिपय स्कुलले अझैपनि अभिभावकले नतिरेको भन्दै फिस तिरेपछि तलब खुवाउने भन्दै शिक्षक शिक्षिकाहरुलाई तलब नदिएको गुनासो इष्टुस्रोतले जानकारी दिएको छ । उपत्यकामा घर भएकाहरुलाई नै शिक्षक शिक्षिकाहरुको तलब नआएर कोठाभाडा नतिर्दा खानलाइ नै धौ धौ परेको पाटनका श्याम महर्जन बताउँछन् ।घर नहुनेहरुलाई भने कोठाभाडा तिर्न र खानका लागि स्कुलले नियमित तलब नदिइ नहुने तर्क एम्स कलेजका एक प्राध्यापकले राखेका छन् । ललितपुर इष्टुका उपाध्यक्ष तथा गोदावरी इष्टुका इन्चार्ज विष्णु आलेका अनुसार अनलाइन कक्षा लिएर स्कुलका ५० प्रतिशत विद्यार्थी जोगाइदिने शिक्षक शिक्षिकाहरुलाई महिनावारी तलब दिएर खुशी राख्न नसक्ने बोर्डिङ स्कुलको भविष्य छैन्।फिस उठ्ला र तलब दिउँला वा सरकारले जे निर्णय गर्ला र त्यही गरुँला भनेर चुप लागि बस्नेहरुले स्कुलको भाडा तिर्न नसक्दा र शिक्षक शिक्षिकाहरुलाई तलब दिन नसक्दा करौडौंको स्कुल नै छाडेर भाग्न पर्ने अवस्था आउन सक्छ ।

newskiran.com

newskiran.com

You May Also Like