ललितपुरमा शुक्रबारको कर्फ्यू हट्यो, निषेधाज्ञा कडा, प्रमुख जिल्ला अधिकारी र मेयरले दिए विज्ञप्ति

१९ भदौ २०७७ ललितपुर ।जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरभित्रका केही स्थानहरूमा निषेधाज्ञा थप कडा बनाउने भएको छ । प्रशासनले यही भदौ २४ गते सम्मको लागि जारी भएको निषेधाज्ञाको ६ दिनको अवधिमा पाँच जनाभन्दा बढी भेला हुन तथा घुमफिर गर्न नपाइने पनि व्यवस्था गरेको छ ।
शुक्रबार बिहान ४ बजे देखि राति १० बजेसम्म घोषित कर्फ्यू आदेश सकिनुअघि जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो व्यवस्था गरेको हो।स्थानीय प्रशासन ऐन २०२८ अनुसार बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेधाज्ञालाई नै कडा बनाइएको र‘पाँच जनाभन्दा बढी भेला हुन नपाउने नियम प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा शुक्रबार जारी आदेशमा छ । रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड)र उत्तर बखुण्डोल चोकमा जम्मा हुन पाइने छैन। मीननाथको रथ रहेको आसपास क्षेत्र-पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने छैन।

शुक्रबार क्षमापूजा भएको छ भने सांकेतिक रुपमा पूजा गरी २६ गते भित्र रथयात्रा विसर्जन गरिने आशय मेयर चिरीबाबु महर्जनले रहेको छ ।रथ निर्माणका क्रमदेखि नै रथयात्रा सुचारु गर्न महर्जनलाई गुठीको दबाब परिरहेको थियो ।मेयर महर्जनले कहिले प्रशासन र कहिले वातावरण अनुकूल नभएको वैयक्तिक मनसायमा रथयात्रा मिति टार्दै आएका थिए । स्थानीय स्तरमा राम्रो छवि बनेका मेयर चिरीबाबु वातावरण अनुकूल होला र रथयात्रा होला भन्ने पक्षमै रहेका थिए ।केहीदिन अघिमात्र स्वाबलम्बी परीक्षणमा दिएर रिपोर्ट नआउँदा सम्म घरमै आराम गरेका महर्जनले युवाहरुको रथ तनाई र घटित घटनाले आफू साह्रै दुखित बनेको उल्लेख गरेका छन्।
बिहिबारको रथयात्रा झडप नियन्त्रनमा खटिएका १८ प्रहरीहरु स्वाब परीक्षणमा दिएर आएका थिए । शुक्रबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको अपुष्ट समाचार बाहिरिएको छ ।समाचार साँचो हो होइन् प्रहरीकेन्द्र स्रोतले सम्बन्धित निकायबाट जानकारी लिएर स्पष्ट पारिने जनाएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार गरेको जारी आदेश:-

मेयर चिरीबाबु महर्जनले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ:-

newskiran.com

newskiran.com

You May Also Like