१९ भदौ २०७७ काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) वैद्यको नेवा मुक्ति मोर्चा ललितपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै विहिबार रातो मच्छिन्द्रनाथको रथजात्रा मा घटेको घटना प्रति खेद प्रकट गरेको छ । ललितपुर जिल्ला मोर्चाका अध्यक्ष जगदीश महर्जनद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा प्रहरी द्वारा पक्राउ गरिएका व्यक्तिहरुलाई तुरुन्त रिहाई गर्नु पर्ने उल्लेख छ ।