ललितपुरमा शुक्रबार बिहान ४ देखि बेलुकी १० बजेसम्म कर्फ्यू


१८ भदौ २०७७ ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले भदौ १९ गते शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको बताएका छन् । कर्फ्यू अवधिमा कसैले नियम उल्लंघन गरेमा सुरक्षा कर्मीले गोली समेत हान्न सक्नेछन् ।कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा केहीबेर तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।रोक्ने क्रममा प्रहरी र युवाहरुबीच केहीबेर झडप समेत भएको एक प्रत्यक्ष दर्शीले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए । निषेधाज्ञा चलिरहेको समयमा हुलहुज्जत र जुलुस गर्दा शान्तिसुरक्षा र चमनचयनमा खलल पर्ने भन्दै कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको खबर राससले प्रकाशित गरेको छ ।




यस्तो छ ललितपुर बाट जारी आदेश:-

newskiran.com

newskiran.com

You May Also Like