गृह मन्त्रालयको निर्णयमा उपत्यकामा १५ दिन कर्फ्यू लाग्ने :मेयर फोरम,एक हप्ता निषेधाज्ञा थप

१७ भदौ २०७७ काठमाडौं ।मेयर फोरमका सदस्यहरुले गृह मन्त्रालयको निर्णयमा १५ दिन कर्फ्यू लाग्नसक्ने आशय व्यक्त गरेका छन्।गत भदौ ३ गतेदेखि निषेधाज्ञा जारी रहेको उपत्यकामा कोरोना संक्रमण झन फैलिएकाले दुई साता कर्फ्यू आदेश जारी गरी (निषेधाज्ञा)कडा बनाउनुपर्ने मेयर फोरमका सदस्यहरुको सुझाव छ । मध्यपुर थिमि नगरपालिकाका मेयर तथा फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न मेयर फोरमले सुझाएको हो । मंगलबार अपरान्ह बसेको मेयर फोरमको भर्चुअल बैठ्कले १५ दिनसम्म निषेधाज्ञा साथै कर्फ्यू जारी गरी संक्रमण फैलिन नदिन भनेको छ भने सो अवधिमा वडामार्फत पीडित परिवारलाई राहत वितरण गर्न पनि भनेको छ । उनीहरुले संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी गराएका छन् ।

कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने निष्कर्ष बैठ्कले निकालेको छ ।उनीहरुले कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर राहत वितरण गर्न सकिनेमा उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको बताएका हुन् ।
विपन्न वर्गहरुलाई उनले आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुन्छ । काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएर बुधबार १७ गते मध्यरात देखि सकिदै छ ।उपत्यकाका तीनवटै जिल्लाका सिडिओले मंगलबार भर्चुअल बैठ्क गरी निषेधाज्ञा बढाउने निर्णयबारेको सुझाव गृहमन्त्रालयमा पठाउने र मेयर फोरममा निर्णय आदेश परिपत्र गर्ने गरी बैठ्क सम्पन्न गरेका थिए । बेलुकासम्म भएपनि गृह मन्त्रालयले निषेधाज्ञाबारे स्वविवेक निर्णय गर्ने बताइएको छ । निषेधाज्ञा एक हप्ता थप गर्ने वा केही खुकुलो बनाउने भन्नेबारे गृह मन्त्रालयले बुधबार साँझ निर्णय गरेपछि मात्र लागू हुने बताइएको छ ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् ।निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

यो पनि पढ्नुहोस्

सरकारले काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थपेको छ । गत भदौ ३ गतेबाट सुरु भएको निषेधाज्ञाको अवधि भदौ १० मा सकिए लगत्तै १ हप्ता बढाइएको थियो भने भदौ १७ गते निषेधाज्ञाको अन्तिम दिन पुन: एक हप्ताको लागि निषेधाज्ञा थपेको जनाएको छ । निषेधाज्ञा थपेसँगै भदौ २४ गते राति १२ बजे सम्म जारी रहने भएको हो । निषेधाज्ञा समयमा यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी सेवाको मापदण्ड भने जिल्ला प्रशासन कार्यालयले छिट्टै जारी गर्नेछन् । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइने तर यस्ता आयोजनाले कामदार र कर्मचारीलाई आयोजना स्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।
अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि पनि अनिवार्य गरिएको छ ।

यस्तो छ काठमाडौं जिल्लाको निषेधाज्ञाको आदेश:-



newskiran.com

newskiran.com

You May Also Like