पेट्रोलियम पदार्थमा २ रुपैंया मूल्य वृद्धि

१७ भदौ २०७७ काठमाडौं । नेपाल आयल निगमले भदौ १६ गते मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको लिटरमा २ दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य १ लिटरको १०७ रुपैयाँ पुगेको छ तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मात्र मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीचको स्वचालित मूल्यसूची अनुसार मङ्गलबार प्राप्त खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।मूल्य समायोजनपश्चात् पनि नेपाल भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ र डिजेल प्रतिलिटर ३६ रुपियाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणाली अनुसार हरेक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

newskiran.com

newskiran.com

You May Also Like