चाडपर्व नेपालको सांस्कृतिक पूँजी हो : प्रधानमन्त्री अोली


१६ भदौ २०७७ काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्व नेपालको सांस्कृतिक पूँजी भएको बताएका छन्। विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले देशलाई एकताको सूत्रमा बाँधेको उनले बताएका हुन्। इन्द्रजात्राका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको छ ।
सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको पनि सन्देशमा भनिएको छ ।उनले थपे, नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ । अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी हो । सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला पर्व नेपालीका लागि गौरवको विषय भएको प्रधानमन्त्रीले उल्लेख बताएका छन् ।
कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेको समाचार राससले प्रकाशित गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like